उत्तरदायी भएर काम गर्न नापी विभागलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिएकी छन् ।

नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रुपमा जनतासँग जोडिएको संस्था भएकाले समयानुकुल प्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवा प्रवाहमा नापी विभागले विशेष ध्यान दिँदै जनताले अनुभूति गर्नेगरी काम गर्नु पर्नेमा जोड दिइन् ।

मन्त्री श्रेष्ठले २०७२ को विनासकारी भूकम्पका कारणले सिफ्ट भएका नियन्त्रण बिन्दुहरुलाई प्रतिस्थापन गर्ने गरी आधुनिक प्रविधिको प्रयोग गरेर नियन्त्रण बिन्दुहरु स्थापना गरी परिशुद्ध नापनक्सा गर्न विभागले काम गर्नुपर्ने र त्यसमा आवश्यक सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको पनि बताए ।

राष्ट्रिय भूमि आयोगको काम सरकारको राष्ट्रिय प्राथमिकतामा परेको काम भएकाले त्यस कामलाई प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न विशेष भूमिका खेल्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरे ।

छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृतिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रीय प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =