नेप्से २७ सयबाट तल ओर्लियो, ३९ अंकले घट्दा ४ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक(नेप्से) परिसूचक ३९.४० अंकले घटेर २६९३.११ अंकमा ओर्लिएको छ ।

यस दिन सेन्सेटिभ परिसूचक समेत ४.९९ अंकले घटेर ५१३.६५ अंकमा पुगेको सीमित भएको छ । यस दिन ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रुपैयामा ७१ लाख २२ हजार २ सय ९९ कित्ता सेयर कारोबार भयो ।

यस दिन अन्यबाहेकका बाँकी सबै समूहको उपसूचकहरु ओरालो लागेका छन् । यस दिन सबैभन्दा बढी कमाउने कम्पनीमा युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर परेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्इ ८.६४ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.७४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *