‘सरकारमा पनि बस्‍ने, सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने ?’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी पास हुने बताएका छन् ।

उनले टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्‍ने विश्वास व्यक्त गर्दै छलफलपछि मतदानमार्फत एमसीसी टुंगो लाग्‍ने बताए ।

अन्योल र अलमलका बीचमा संसद्‌मा एमसीसी टेबल भएको र अब प्रक्रिया पूरा गरेर पास हुने महामन्त्री थापाले विश्वास व्यक्त गरे । उनले बिहीबार बस्‍ने प्रतिनिधिसभाको बैठकपछि प्रस्तावमाथि छलफल हुने बताए ।

उनले भने, ‘अब यो प्रक्रिया अगाडि बढ्छ । यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन । सरकारमा पनि बस्‍ने अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने । यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ । आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *