फिलिपिन्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ । टि-ट्वेन्टी विश्वकप छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर फिलिपिन्सले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

फिलिपिन्सलाई समूहकै कमजोर टिमका रूपमा हेरिएको छ । त्यसैले पनि नेपाल फिपिपिन्ससङ्ग फराकिलो अन्तरको जीत चाहन्छ । जसले गर्दा रनरेट सुधार गरी समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने नेपालको दाउ छ । पहिलो खेलमा नेपालले शनिबार ओमानलाई ३९ रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *