वेस्टइन्डिजमाथि भारतको जित

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको टी-ट्वेन्टी सिरिज जितेको छ । गएराती सम्पन्न दोस्रो टी-ट्वेन्टी खेल ८ रनले जितेसँगै एक खेल अघि नै तीन खेलको टी-ट्वेन्टी सिरिज २-० ले जितेको हो ।

भारतले दिएको १८७ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएपछि खेल ८ रनले गुमाएको थियो । यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो ।

खेलमा अविजित ५२ रन बनाएका भारतका रिषव पन्त खेलको प्लेयर अफ द म्याच बनेका थिए । अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *