एमसीसीमाथि बहस गराैँ, हिंसा हाेइन : अमेरिका

काठमाडौँ । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा भइरहेको प्रदर्शन र आन्दाेलनलाई लक्षित गर्दै अमेरिकी दूतावासले आफ्नाे धारणा सार्वजनिक गरेकाे छ ।

राजदूत र्‍यान्डी जे बेरीले ट्वीटरमार्फत हिंसा र हिंसालाई प्रोत्साहन गर्ने खालका गतिविधि अस्वीकार्य बताउँदै उल्लेख गरेका छन्, ‘हामी स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ ।

आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित आवश्यक तत्व हो र मानिसहरूले शान्तिपूर्वक आफ्ना विचारहरू साझा गर्न अनुमति दिनुपर्छ । हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य कदापी स्वीकार्य छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *