नेपालको पाँचौ विकेट पतन

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानसँग खेलिरहेको नेपाल खराब शुरूवातको शिकार भएको छ ।

ओमानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपाले खराब ब्याटिङ गरिरहेको छ । पहिलो ओभरदेखि नै विकेट गुमाउन थालेको नेपाल लगातार विकेट पतनको शिकार भएको हो । पाँचौ विकेटका रुपमा लोकेश बम १६ रनमा आउट भए । ताजा अवस्थामा नेपाल १६ ओभरमा ५ विकेट गुमाएर ७१ रन बनाएर खेलिरहेको छ ।

पहिलो ओभरमा पहिलो, तेस्रो ओभरमा दोस्रो, सातौँ ओभरमा तस्रो विकेट गुमाएको नेपालले नवौँ ओभरमा चौथो विकेट गुमाएको हो ।

ज्ञानेन्द्र मल्ल १५, दिपेन्द्रसिंह ऐरी ११ कुशल भुर्तेल ५ र आशिफ शेख ४ रनमा आउट भए । क्रिजमा आरिफ शेख र विवेक यादव छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *