कलंकीको शंकास्पद वस्तु: एउटामा नुनजस्तो पदार्थ अर्को रित्तो कुकर

काठमाडौँ । काठमाडौँ कलंकी भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कलंकीको कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको हो ।

‘नो एमसीसी’ र तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनकाअनुसार जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली कुकर खाली रहेको भेटिएको छ ।

याे पनि : कलंकीमा ‘नो एमसीसी’ लेखिएका शंकास्पद वस्तु फेला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =