माैद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा

घरजग्गा, गाडी, सेयर र आयात कर्जामा थप कडाइ (पूर्णपाठसहित)

बैंकले लिने सापटीको ब्याजदर ७ प्रतिशत पुग्यो, उत्पादक र अनुत्पादक क्षेत्र कर्जाको ब्याजदर फरक हुने, निफ्राले पनि ऋण पत्र जारी गर्न पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गा, गाडी, सेयर, आयात जस्ता कर्जा प्रवाहमा थप कडाइ गर्ने भएको छ ।  मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले त्यस्ता अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गर्ने घोषणा गरेको हो ।

अनुत्पादक क्षेत्रमा प्रवाह ऋणको ब्यादर र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक हुने गरी कर्जा प्रवाह गर्ने व्यवस्था गर्ने समेत मौद्रिक नीतिले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेयर धितोमा प्रवाह हुने कर्जाको नीतिमा समेत पुनरावलोकन हुने बताए । यस अघि बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले सेयर धितोमा प्रवाह गरिने कर्जामा कडाई गरेको थियो ।

त्यस्तै, जग्गा प्लटिङ, हायर पर्चेज, आयातमा जाने कर्जा, मार्जिन प्रकृतिका कर्जालगायतको कर्जाको जोखिम भार पुनरावलोकन गरिने बताए ।

मौद्रिक नीतिले पूर्वाधार विकास बैंक (निफ्रा)ले पनि समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकसँग बैंकहरुले लिने सापटीको ब्याजदर समेत बढाएको छ । यस्तो ब्याजदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत पुर्याउने घोषणा गरेको छ ।

त्यस्तै, स्थायी तरलता सुविधा को ब्याजदर ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत पुर्याएको छ ।

नीतिगत रिपोको ब्याजदर ५.५ प्रतिशत र निक्षेप संकलनको ब्याजदर ४ प्रतिशत कायम गरिएको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातको व्यवस्था भने यथावत राखेको छ ।

पूर्णपाठ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =