हवाई यात्रामा पीसीआर रिपोर्ट र सीसीएमसी फारम हटाउन माग

काठमाडौँ । वायु सेवा सञ्चालक संघ नेपालले हवाई यात्रामा कोरोना परीषण सम्बन्धी पीसीआर रिपोर्ट र सीसीएमसी फारम हटाउन माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो ।

‘विगत केही समययता विश्वभरि नै कोरोना संक्रमण दर निकै घट्दो क्रममा रहेको छ,’ संघले भनेको छ, ‘स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत अव आउँदा दिनमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आकलनसमेत गरेकोले धेरैजसो मुलुकले प्रतिवन्धलाई खुकुलो पारेको छ ।

अन्तर्राष्ट्रिय संस्था आईएटीएले पनि पीसीआर टेष्ट, आइसोलेशनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरि खोपमा लगाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य यूरोपियन मुलकहरुले समेत हवाईयात्राका लागि पीसीआर टेष्टको अनिवार्यता हटाईसकेको छ ।’

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमालिएको संघले जनाएको छ । महामारी रोकथामका लागि लगाइएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकको आगमनमा निकै ह्रास आएकाे र पर्यतनश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्तिहरु पनि पलायन हुने अवस्था रहेको संघले जनाएकाे छ ।

नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुनेगरी प्रावधान तत्कालै हटाई पर्यटन उद्योगलाई राहत प्रदान गनर्न वायुसेवा सञ्चालकले अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =