निर्देशक रेशराज आचार्यको निधन

काठमाडौँ । चलचित्र निर्देशक रेशमराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चाबहिलस्थित ओम अस्पतालमा हृदयाघातबाट निधन भएको परिवारले जनाएको छ ।

लामो समयदेखि अस्वस्थ रहेका आचार्यको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

निर्देशक आचार्यले २०४४ मा रिलिज भएको चलचित्र ‘तिलहरि’ निर्देशन गरेका थिए । त्यसपछि ‘प्रीतिको फूल’ लगायत केही फिल्म निर्देशन गरेका आचार्यको ‘स्मृति’ नामक टेलिसिरियल हिट मानिएको छ । आचार्यका श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *