जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र

काठमाडौँ । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्रको पठनपाठन आगामी जेठ १ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्नालगायतका प्रक्रिया वैशाखमा सकेर पठनपाठन जेठ १ बाट थाल्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार नयाँ शैक्षिक सत्रका लागि आवश्यक तयारी थालिसकिएको छ । भर्नालगायतका प्रक्रिया आगामी वैशाखमा सक्ने र पठनपाठन जेठ १ बाट थालेर २०७९ साल चैत मसान्तभित्र सक्ने निर्णय भएको छ,’ उनले भने, ‘पाठ्यपुस्तक व्यवस्थापनसहितका आवश्यक तयारी थालिसकिएको छ ।’

चालू शैक्षिक सत्रको पठनपाठन आगामी चैत मसान्तसम्म जारी राखिने भएको छ । ‘आगामी वैशाखमा कक्षा १० सम्मका सबै कक्षाका परीक्षा सञ्चालन गर्ने, नतिजा सार्वजनिक तयारी छ,’ प्रवत्तला शर्माले भने, ‘नयाँ भर्ना प्रक्रिया थाल्ने र पाठ्यपुस्तक व्यवस्थापन गर्ने गरी शैक्षिक योजनालाई मन्त्रालयले स्वीकृत सकिसकेको छ ।’

स्थानीय तहले भने कक्षा ८ को परीक्षा आफ्नो अनुकूल हुने गरी वैशाखमै सक्नुपर्ने निर्णय भएको छ । जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक छपाइ धमाधम गरिरहेको छ । आगामी शैक्षिक सत्रमा कक्षा ९ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइँदैछ । त्यसका लागि अनिवार्य पाँचमध्ये दुई विषयका मात्र पाठ्यपुस्तकको छपाइ रेडी कपी (पीआरसी) जनक शिक्षालाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *