स्थानीय निर्वाचन सार्न परेको रिट दर्ता गर्न आदेश

काठमाडौँ । स्थानीय तहको निर्वाचन सार्न माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्ने भएको छ ।

महोत्तरीको भंगहा नगरपालिकाका मेयर सन्जीवकुमार साहले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा आफूहरूको ५ वर्षे अवधि पूरा नहुने भन्दै निर्वाचन सार्न माग गर्दै दिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । साहको निवेदन माघ २६ मा सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले निवेदनको आधार नभएको भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।

रजिष्ट्रार पन्थीको निर्णयविरुद्ध मेयर साहले इजलासमा निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ गर्दै बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदन दर्ता गर्न आदेश दिएका हुन् ।

आदेशमा नेपालको संविधान र स्थानीय तह निर्वाचन ऐनका विभिन्न दफाहरूको व्याख्या गर्नुपर्ने देखिएको भन्दै निवेदन दर्ता गर्न आदेश दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *