इमर्जिङ नेपालको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडको प्राथकिमक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ । कम्पनीले निष्काशन तथा बिक्री बन्द भएको ३ दिनपछि नै आईपीओ वितरण गरेको हो । कम्पनीले २६ माघदेखि १ फागुनसम्म आईपीओमा आवेदन संकलन गरेको थियो ।

कम्पनीले २३ लाख २८ हजार ७ सय ६ जना योग्य आवेदक मध्ये ५१ हजार ६ सय ७० जना आवेदकर्लाइ गोला प्रथाबाट छनोट गरी १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ ।

१० कित्ताको दरले जम्मा ५ लाख १६ हजार ७०० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको ८ कित्ता शेयर २० कित्तादेखि १ हजार कित्ता सेयर आवेदन गर्ने आवेदकमध्ये सेयर पर्न सफल आवेदकलाई पुनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता सेयरका दरले ८ कित्ता सेयर ८ जना आवेदकलाई वितरण गरिएको छ ।

सेयर बाँडफाँटको नतिजा सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट सञ्चालित वेभसाइट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np बाट हेर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *