एनएमबि बैंकले घुन्सा खोलामा लगानी गर्ने, रेमिट हाइड्रोसँग समझदारी

काठमाडौँ । एनएमबि बैंकले ताप्लेजुङमा निर्माण गरिने ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजनामा ऋया लगानी गर्ने भएको छ । यसका लागि बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी रेमिट हाइड्रो लिमिटेडबीच बुधबार सम्झौता भएको छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको उक्त आयोजनामा मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) रहेको छ ।

यसमा वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुको लगानी समेत रहने छ । समझदारीपछि अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापनको नेतृत्व एनएमबि बैंकले लिने छ । आयोजनाको कुल लागत रु.१८ अर्ब २५ करोड रहने छ । एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन २०२२ को निर्देशन आनुसार अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =