एमसीसीविरुद्ध उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडाैँ । एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौँको बिजुलीबजारमा झडप भएको छ ।

एमसीसीको विरोध गर्दै नयाँ बानेश्वरसम्म आउन लाग्दा प्रहरीले प्रदर्शनकारीलाई बिजुलीबजारमा रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् ।

एमसीसीको विरोधमा उत्रिएकाहरूले एमसीसी चाहिँदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । एमसीसीको विरोधमा नेकपा, नेकपा क्रान्तिकारी निकट युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *