फागुन ४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. फागुन ०४, २०७८ । ई.सं. १६ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण शिशिर । बुधबार माघ शुक्लपक्ष । तिथि- पूर्णिमा, २२:३२ बजे उप्रान्त प्रतिपदा । नक्षत्र- अश्लेषा, १५:३२ बजे उप्रान्त मघा । योग- शोभन, २१:१७ बजे उप्रान्त अतिगण्ड । करण- भद्रा १०:०८ बजेदेखि वव, २२:३२ बजे उप्रान्त तैतिल । चन्द्रराशि कर्कट । आनन्दादि योग राक्षस । दिनमान २८।०० । सूर्योदय ६:४३ । सूर्यास्त १७:५५ । पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतसमाप्ति, झापाकीचकवधमेला, माघस्नान समाप्ति, सिपुन्हि, माघयात्रा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त सँग भेट घाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामको थालनी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झन्झटिलो काम लिनुपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुनसक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफन्तसँग भेटघाट र मित्रहरूबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *