नबिल बैंकका ग्राहक तथा कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

काठमाडौँ । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका बिभिन्न सेवामा छुट दिने भएको छ ।

यस सम्बन्धी समझेदारी मंगलबार भएको बैंकले जनाएको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले उक्त साझेदारी अनुसार सेवामा छुट पाउने भएका हुन् ।

सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो । यहाँ चिकित्सा र टेलिमेडिसिन सेवाहरू उपलब्ध रहेको बताइएको छ ।

कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उक्त संस्थाले उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *