‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना सार्वजनिक

कठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन गर्ने गरी कम्पनीले यो योजना ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् ।

न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ ।

आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम रू. १ लाखदेखि अधिकतम बीमाङ्क रकम रू. १ करोडसम्मको बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *