संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी, कार्यव्यवस्थाको बैठक भोलि

काठमाडौँ । भोलि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना कम देखिएकाे छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसी परेकाे छैन ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने राखिएको छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *