युवा संघले चलायाे ‘सडकमा संसद’ (तस्वीर)

काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखविरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् ।

मंगलवार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर सभामुखको गतिबिधिको बिरोधमा व्यङग्यात्मक प्रदर्शन गरेका हुन् । प्रतिनिधिसभाको एमालेले गरेको विरोध जस्तै उनीहरूले सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे इत्यादि नारा लगाउँदै विरोध गरेका थिए ।

युवा संघका अध्यक्ष किरण पौडेलले अहिले समाभुखलाई जोगाउँदै एमससीसीलाई अघि बढाउन प्रधानन्यायाधिशलाई महाभियोग लगाइएको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचन पनि रोक्ने प्रयन्त भएको पनि बताए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै सांकेतिक रूपमा प्रतिनिधिसभाको बैठकको आयोजना गरिएको उनको भनाइ छ ।

सभामुखले पार्टी फुटाउन भूमिका खेलेको र सत्तापक्षलाई मात्र सहयोग गरेको भन्दै एमालेले निरन्तर रूपमा प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

तस्वीरः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *