रातो मत्स्येन्द्रनाथको जात्राको अन्तिम दिन, शनिवार भोटो देखाइने

काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मत्स्येन्द्रनाथको रथ हाल ललितपुरको जावलाखेलमा राखिएको छ ।

शनिवार अपराह्न प्रसिद्ध भोटो देखाउने कार्यक्रम सम्पन्न भएसँगै यस वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा औपचारिक रूपमा समापन हुनेछ ।

भोटो जात्राको पूर्वसन्ध्यामा शुक्रवार बिहानैदेखि जावलाखेलमा मत्स्येन्द्रनाथको दर्शन गर्न श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ ।

परम्पराअनुसार जावलाखेलमा रथ पुगेको चौथो दिन भोटो देखाउने प्रचलन रहेको छ ।

शनिवार भोटो देखाइसकेपछि रातो मत्स्येन्द्रनाथको मूर्तिलाई खतमा राखेर पुनः बुङमती प्रस्थान गराएसँगै यो वर्षको जात्रा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =