गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक

काठमाडाैँ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ । न्यूनतम १,००० मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाताका रूपमा रहने बैंकले जनाएकाे छ ।

यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दती बराबरको व्याजदरको फाइदा लिन सकिने समेत बैंकले बताएकाे छ । साथै, यस निक्षेप योजना अन्तर्गत योजना अवधिभित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दती बराबरको ब्याजदर पाइने छ ।

यस बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रूपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ ।

हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरू, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएम मार्फत् आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *