आयरल्यान्डसँग नेपाल पराजित

काठमाडौँ । ओमानमा चलिरहेको चार देशीय टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल पराजित भएको छ । टेस्ट मान्यताप्राप्त आयरल्यान्डले दिएको १२८ रनको मध्यम लक्ष्य पनि पूरा गर्न नसकेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २८, आशिफ शेखले २३ र कुशल भुर्तेलले १५ रन बनाए । कमलसिंह ऐरी १३, कुशल मल्ल ९, लोकेश बम ६, ज्ञानेन्द्र मल्ल ५ र शरद भेषावकर १ रनमा आउट भए ।

ओमानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्यान्ड २० ओभरमा १२७ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । यो उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।

अविनाश बोहराले दुई तथा जितेन्द्र मुखिया, कमलसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए । १ विकेट लिएसँगै सन्दीप टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर बनेका छन् ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने यूएईसँग २५ रनले पराजित भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *