टी-ट्वेन्टीमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बने सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी–ट्वेन्टी क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

ओमानमा चलिरहेको चार देशीय टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगको खेलमा सोमबार १ विकेट लिएसँगै उनी ५० विकेटको कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली क्रिकेटर बनेका हुन् । उनले २९ खेलमा ५० विकेटको कीर्तिमान राखेका हुन् ।

उनी टी–ट्वेन्टीमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै तेस्रो बलर समेत बनेका छन् । श्रीलंकाका स्पिनर अजन्था मेन्डिसले २६ तथा आयरल्यान्डका मार्क आदिरले २८ खेलमा ५० विकेट हात पारेका थिए । यस्तै दक्षिण अफ्रिका इमरान ताहिर र अफगानिस्तानका राशिद खानले भने ५० विकेट लिन ३१ खेल खेल्नुपरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *