दीपेन्द्रको बेस्ट बलिङ, २१ रन दिएर लिए ४ विकेट

काठमाडौँ । नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले आफ्नो खेल जीवनकै उत्कृष्ट बलिङ गरेका छन् ।

ओमानमा चलिरहेको चार देशीय टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा सोमबार आयरल्यान्डसँगको खेलमा उनले चार ओभरमा २१ रन दिएर ४ विकेट हात पारे । उनको उत्कृष्ट बलिङ मद्दतमा नेपाले आयरल्यान्डलाई कम योगफलमा समेटेको छ ।

टस जितेर फिल्डिङ रोजेपछि आयरल्यान्डले ब्याटिङ गरेको हो । उनका साथै जितेन्द्र मुखिया, अविनाश बोहरा कमलसिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *