कर्णालीका विवादित मन्त्री लामाविरुद्ध रिट, मन्त्री पद खारेजीको माग

सुर्खेत । कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल लामा उर्फ कार्चेन लामाविरुद्ध रिट परेको छ ।

सोमबार फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ । मध्यपश्चिम विश्वविद्यालयकी कानुन विद्यार्थी विनिता बाेगटीले दर्ता गरेको रिटमा उनको मन्त्री पद खारेजीको माग गरिएको छ ।

नेकपा माओवादी हुम्लाका नेता रहेका कार्चेनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

रिटमा संविधानको बर्खिलाप हुने गरी कार्चेनलाई मन्त्री बनाइएको जिकिर गरिएको छ । साथै मन्त्रिमण्डललाई समावेशी बनाउनुपर्ने मागसमेत गरिएको छ ।

रिटः

 

प्रतिक्रिया

One thought on “कर्णालीका विवादित मन्त्री लामाविरुद्ध रिट, मन्त्री पद खारेजीको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *