दैलेखमा प्रहरीको दादागिरी, इन्स्पेक्टरले कुटे सेवाग्राही (भिडिओसहित)

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखमा सेवा लिन गएका एक सेवाग्राही प्रहरीबाट कुटिएका छन् । हिजो (आइतवार) सेवा लिन गएका नारायण नगरपालिका–६ बसपार्कका ओम रेग्मी दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजीत सुनारबाट कुटिएका हुन् ।

इन्स्पेक्टर सुनारले सेवाग्राही रेग्मीलाई दुर्व्यवहार गरी कुटपिट गरेको भिडिओ समेत बाहिरिएको छ । उक्त भिडिओका अनुसार सुनारले दादागिरी देखाँउदै आफूलाई कसैले पनि कानून र कामको बारेमा जानकारी नदिन भन्दै सेवाग्राहीलाई अपशब्द प्रयोग गरेका छन् ।

के छ भिडिओमा ?

करिब चार मिनेटको भिडिओमा पहिला रेग्मीले प्रहरीसँग सोधपुछ गर्दै सल्लाह मागेको सुनिन्छ । प्रहरीको कार्यकक्षामा गइसकेपछि रेग्मीले आफ्नो नाम भनेका छन् ।

‘मेरो नाम ओम रोग्मी ।’ अनि प्रहरीले सोध्छन्, ‘के काम ?’ सेवाग्राही रेग्मीले आफ्नो समस्या सबै बताउँछन् । उनले उक्त भिडिओमा भनेका छन्, ‘मैले चार महिना अगाडि मेरो आफ्नै घरबाट मोबाइल हराएको थियो । त्यसको खोजी कार्यका लागि उजुरी पनि गरेको थिए । हराएको मोबाइलमा दुई घण्टासम्म निरन्तर फोन गरे फोन उठेन । स्वीचअफ भयो । तर, चार महिनापछि सिमकार्ड, मेमोरी र मोबाइलको कभर नभएको अवस्थामा मोबाइल भेटिएको छ ।’

‘मोबाइल भेटाउने मान्छेसँग धेरै डिस्कस गर्नु भन्दा मैले उजुरी दिएको छु फेरी प्रहरीमा नआएपछि फेरी मोबाइल मेरै घरमा भेटियो भनेपछि मलाई पागल भन्नुहुन्छ भन्दै यहाँ आएको हो । अब हामी साइन गरेर मोबाइल लगेर जान्छौँ ।’

फेरी इन्स्पेकटर सुनारले नबुझेझैँ गरी सोध्छन् । अनि रेग्मीले मोबाइल भेटाउने मान्छेले पनि साइन गरेर जानु पर्यो मेरो भनाइ यति मात्रै हो भन्छन् । त्यतिकै मा इन्स्पेकटर सुनार रेग्मीलाई औला ठडाए धम्काउन थाल्दछन् ।

अनि सुनारले तुच्छ शब्दहरू बोल्दै अनुसन्धान, प्रक्रिया गर्ने हामीले हो । हामीलाई कानुन सिकाउने, यस्ता सिनातिना कुरामा किचकिच गर्ने, जहाँ जान्छस् जा भनेको भिडिओमा सुन्न सकिन्छ । अलिअलि चर्काचर्की हुन्छ ।

सुनारले हामी वर्षौदेखि काम गरेको प्रहरीलाई यो त्यो भनेर कानुन र काम नसिका बरू कहाँ–कहाँ साइन गुर्नपर्ने हो गरेर जा भन्दै अपशब्दकाे प्रयोग गरेको भिडिओमा सुन्न सकिन्छ ।

यस्तै, त्यसपछि रेग्मी आफू मोबाइल पनि नलिने भन्दै उक्त कोठाबाट बाहिर निस्कन्छन् । पछिपछि प्रहरी पनि ए भाइ ए भाइ ! भन्दै आउँछन् र उनलाई तीन मुक्का समेत सुनारले प्रहार गरेको भिडिओमा आवाज आउँछ ।

के हो घटना

चार महिनाअघि हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनअनुसार फेला पार्ने मान्छेसहित जानकारी गराउन जाँदा जिल्ला प्रहरी कार्यालय दैलेखमा रेग्मी पुगेका थिए ।

रेग्मीले चार महिनाअघि घर अगाडिबाट हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा निवेदन दिएको र प्रहरीले चासो नदेखाएपछि आफैँ विभिन्न माध्यमबाट फेला पारेका थिए ।

रेग्मीले मोबाइल फेला पार्ने मान्छेसहित प्रहरीमा लगिएको भए पनि उनलाई कुनै सोधपुछबिना पठाएको बताए ।

रेग्मीले भने, ‘हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा दिएको निवेदनको सुनुवाइ त भएन् भएन् उल्टै प्रहरीका उच्चपदमा रहेका व्यक्तिबाट दुर्व्यवहार सहनुपर्याे ।’

भिडिओः

प्रतिक्रिया

11 thoughts on “दैलेखमा प्रहरीको दादागिरी, इन्स्पेक्टरले कुटे सेवाग्राही (भिडिओसहित)

  1. चौकी मा पुलिसले कुट्ने बाहिर हामिले कुट्नु पर्छ बाटो छेकेर हिसाब बराबर अनि

  2. नेपाल प्रहरी संगठन भित्र संगठनलाई बदनाम गराउने तत्व हुन्छन् ,जस्ले इमानदार पुर्बक काम गर्दै आएका प्रहरी माथी पनि कालो ध्ब्बा दाग लगाइदिएका छ्न तस्ता तत्व लाई प्रहरी संगठनले बर्खास्त गरि आफ्नो संगठन माथी लागेको दाग पखाल्नको निम्ति र प्रहरी मेरो साथी भन्ने नारा शब्दमा आम नागरिक र संगठन व्यबहारमै साथीकै स्वरूपमा रास्ट्र लाई सहयोग गर्दै हातेमालो गर्नु र समाजमा भएका बिसङती लाई सुधार गर्दै जानू मेरो नेपाल प्रहरी संगठन लाई सल्लाह सुझाव छ,,,जय नेपाल

  3. जनताको करले तलब बुझ्ने तर जनतालाई नोकर देखने यस्ता प्रहरीलाई तुरुन्त निलम्बन गरी कार्यवाही गरियोस्

    1. सबै तह र तत्का मा प्रहरी दोषी हुँदैनन् , प्रहरी संगठनको नीति नियम अनि नेपालको कानुन अनुसार जुन व्यक्तिले फोन हरायो भनेर उजुरी दिनु भएको थियो उहीँ व्यक्तिले फेरि फोन भेटियो भनेर स्वयं आफै फोन बोकेर प्र. कार्यालयमा आउनु भयो, उहाँले ( फोन हराएको व्यक्ति) फलानोले फोन लाग्यो यसमा मेरो आशंका छ भनेर फोन भेटाउने व्यक्तिको नाम मा किटानी जाहेरी गरेको भए सायद दोस्रो ( फोन भेटाउने) व्यक्तिको हस्ताक्षर गर्न आबस्यक पर्थ्यो । प्रहरीले सम्झाउँदा, बुझाउँदा पनि अरु केही अफ्ठ्यारो परेमा फेरि पनि हामी कहाँ आउनुस् हामी तपाईंलाई मद्दत गर्छौ भन्दै गर्दा, उहाँ स्वयं ( फोन धनी) ले जबर्जस्ती अर्को व्यक्तिको हस्ताक्षर चाहिन्छ भन्दै प्रहरी संगठन लाई उल्टै कानुन सिकाउन खोज्दा, फोन छोडेर हिँड्दा उहाँलाई सम्झाउँदा पनि नमानेर बाध्य भएर प्रहरीले हात उठाएको हो। यसमा प्रहरीको दोष कहीँकतै देख्दिन म यो प्रहरी संगठनलाई बद्नाम गर्ने कोसिस हो। कृपया कसैले पनि यौटा राष्ट्रको सेवा गर्नका लागि निस्वार्थ दिन रात नभनिकन तपाईं हाम्रो सेवामा खटिनु भएको हुन्छ उहाँ प्रति सम्मान गरौ। सबै प्रहरीलाई गलत नजरले नहेरौ।🙏

  4. यदी यी भिडियोमा देखिएको र भनेको कुरा सबै साँचो भने प्रहरीलाई कडा कारवाही हुनुपर्छ । यसरी जनताको पसिना माथी खेलवाड गर्ने अधिकार कसैलाई छुट छैन । सेवाग्राही भनेका प्रहरीका देउता हुन उनिहरुको समस्या समाधान गर्नु प्रहरीको कर्तव्य हो । तर यसरी एउटा सरकारी कार्यालय भित्र सेवाग्राहीलाई अभद्र व्यवहार गर्नु भनेको नेपाल सरकार र प्रहरी संगठन माथी लात्त प्रहार गर्नु जस्तै हो तेसैले सत्य तथ्य बुझेर साँचो हो भने निलम्बन गरि कारवाही गर्नै पर्छ । यदी यो सब वनावटी हो भने उल्लेखित सेवाग्राही लाई नि कारवाही हुनुपर्छ जस्तो लाग्छ मलाई ।

  5. यो taw police ko dada गिरी voo kasailie haat halnu सजिलो हो vana mah नि police hunu poro sub lie kutdai hina कानुन को manxay vayara कानुन haat मा liyara kutna fuck you! Rest in peace afno family lie दादागिरी gara जस्तो सोच

    1. Tesko sajaye kutaimatra ho? Kitani jayeri xaina vanera samjauneki taile khojeko keho vandai japat laune? Sim ra memory card harayekoxa tyou misuse hola, policelai nyam kanun thaha vayeko vaye jayeri dine prakiya sikaunu parxa ki thapar?

Leave a Reply

Your email address will not be published. Required fields are marked *