५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा ५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका – ९ चौवाका ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुकसहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक समेत बरामद गरेको प्रहरीले जनाएको छ । अभियुक्त थारुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *