प्रमियर इन्टरनेशनल स्कुल र इन्टरनेशनल स्कुल स्पाेर्टस् फेडेरेसन बीच साझेदारी

काठमाडौँ । प्रिमियर इन्टरनेशनल आइ बि वर्ल्ड स्कुलले नेपाल खेलकुद महासंघ समेत आवद्ध रहेको इन्टरनेशल स्कुल स्पाेर्टस् फेडेरेसनसँग नयाँ सहकार्य गरेको छ । एक कार्यक्रममा नयाँ साझेदारीको घोषणा गरी पूर्ण सदस्यताको प्रमाण–पत्र समेत हस्तान्तरण गरिएको छ । यस सहकार्यले अन्तर्राष्ट्रिय स्तरका खेलकुद पाठ्यक्रमलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको परिदृश्यमा सुधार गर्ने लक्ष्य राखिएको स्कुलले जनाएको छ ।

देशमा आइबी कार्यक्रम सुरु गर्ने प्रिमियर अग्रगामी स्कुल हुनुका साथै अन्तर्राष्ट्रिय स्तरको खेलकुद पूर्वाधार र कार्यक्रम सुरु गर्न देशको समग्र शिक्षा प्रणालीको विकास गर्न र यस २१ औं शताब्दीमा सक्षम र राम्रा विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्न सधैं अग्रणी भूमिका निर्वाह गरेको छ ।

इन्टरनेशनल ओलम्पिक कमिटीद्वारा मान्यता प्राप्त इन्टरनेशनल स्कुल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) ले सन् १९७२ देखि स्कुल खेलकुदका लागि अन्तर्राष्ट्रिय खेलकुद व्यवस्थापन निकायको रूपमा काम गर्दै आएको छ । यस निकायको प्राथमिक उद्देश्य भनेकै खेलकुदको माध्यमबाट शिक्षा प्रदान गर्नु हो ।

प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कुल नेपालको पहिलो र आईएसएफको एक मात्र पूर्ण सदस्य बनेका छ । यसले नेपाललाई विश्व खेलकुद महासंघको समेत सदस्य बनाएको छ ।

यस नयाँ सहकार्य मार्फत नेपाली स्कुलका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद क्षेत्रमा परिचय र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

स्कुल समर गेम्स (यू १८), वल्र्ड स्कुल च्याम्पियनसिप, आईएसएफ ई स्पोर्ट जस्ता अन्य धेरै विद्यालय–स्तरका खेलकुद कार्यक्रम आयोजना गर्न आईएसएफ मान्यता प्राप्त संघ हो । यस सहकार्यबाट अब नेपालका विद्यार्थीले हरेक वर्ष यी खेलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । विद्यार्थीहरूले विश्वका विभिन्न भागबाट ३५०० देखि ५००० विद्यार्थीसँगै २० भन्दा बढी शैक्षिक र गैर–शैक्षिक खेलहरूमा भाग लिन सक्ने छन्।

यस सहकार्य मार्फत प्रिमियर इन्टरनेशनल आइबी वर्ल्ड वल्र्ड स्कुलका विद्याथीका साथै अन्य स्कुलका अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने विद्यालय खेलकुदमा संलग्न हुन नयाँ ढोका खुलेको छ ।

नेपालको शिक्षा प्रणालीमा खेलकुद विकासको चरणमा रहेको र प्रिमियर तथा आईएसएफ दुवैले यस इकोसिस्टमलाई अझ सुदृढ पार्नको लागि महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेका छन् ।

खेलकुदले नेपालीहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षाका साथै खेलकुदलाई नेतृत्व गर्ने खेलाडीहरुलाई विकास हुनेउत्कृष्ट अवसर प्रदान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *