सतुङ्गलमा डिशहोम फाइबरनेटको सह वितरक सोरुम उद्घाटन

काठमाडौँ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले गर्नेछ ।

सो रुम समुद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थिति रहेको थियो भने मार्केटिङ डिपार्टमेन्टबाट दिनेश रतन र अनिल ठाकुर त्यस्तै सीएम ट्रेडिङको तर्फ बाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिति थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएका इलेक् ट्रोहोम टीटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

२ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका इलेक्ट्रोहोम डिटीएच नेटवर्कले अब अझ बढी ग्राहक माझ पुग्न नयाँ सोरुमले मदत गर्ने ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कका सञ्चालक सरोज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *