कारोबारको २ घण्टामा ९७ अंकले घट्यो सेयर बजार

काठमाडौँ । साताको र फागुन महिनाकै पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक कारोबारको २ घण्टामै ९७.५४ अंकको गिरावट आएको छ ।

दिउँसो १ कजेसम्म बजारमा भारी गिरावट आएको हो । अघिल्लो साताको अन्तिम कारोबारपछि सेयर परिसूचक २८०१.५६ बिन्दुमा समेटिएको थियो । उक्त बिन्दुबाट कारोबार सुरु भएको आइतबार प्रि ओपनिङ सेसेनमै १७ अंकले बजार घटेको थियो । त्यस यताको कारोबारमा पनि बजार घट्दै जँदा कारोबारको २ घण्टापछि १ बजेसम्ममा सेयर परिसूचक २७०४.०२ बिन्दुमा आइपुगेको हो ।

त्यसपछि भने सेयर बजार बिस्तारै उकालो लाग्न थालेको छ । यो सामाचार तयार पार्दासम्म हाल बजार २७१८.५८ बिन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २२२ कम्पनीका ७२ लाख ७६ हजार २ सय २१ कित्ता सेयर ३ अर्ब ८० करोड ८ लाख ६४ हजार ५ सय २२ रुपैयाँमा कारोबार भएको छ । तर, कुनै पनि कम्पनीको सेयर मूल्य बढेको छैन । धेरैजसो कम्पनीको सेयर मूल्य घटेको र केहीको स्थिर देखिएको छ ।

खास गरी बैंकहरुले निक्षेप र ऋणको व्याजदर बढाएपछि त्यसको असर सेयर बजारमा परेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *