प्रधान न्यायाधीश जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता 

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी, नेकपा एकीकृत समाजवादी लगायत दलका सांसदले आज प्रस्ताव दर्ता गराएका संसद सचिवालयले पुष्टि गरेको छ ।

प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । कानून मन्त्री दिलेन्द्रप्रसाद बडूसहित माओवादी केन्द्रका सचेतक देव गुरुङ नेकपा एसका मूख्य सचेतक जीवनराम श्रेष्ठलगायत सांसद संसद सचिवालय पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

महाअभियाेग पत्रमा कर्तब्य र जिम्मेवारी निर्वाह गर्न नसकेको लगायतका २१ बुँदा उल्लेख गरिएको सचिवालय श्रोतले जानकारी दिएको छ ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएको छ ।  बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो । यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि इजलास बहिस्कार गरेका थिए । जबराले अकुत सम्पत्ति आर्जन गरेको भन्दै नागरिक अगुवाहरूले सम्पत्ति शुद्धिकरण विभागमा निवेदन समेत दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *