यूएईसँग नेपाल २५ रनले पराजित

काठमाडौँ । चार देशीय टी ट्वेन्टी क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ । ओमानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

ठूलो लक्ष्य पछ्याएको नेपालका लागि दिपेन्द्रले ४१, आसिफले ३४, लोकेशले ३३ र ज्ञानेन्द्र मल्लले २२ रन बनाए । दिपेन्द्रले ३३ बलमा ५ चौकाको मद्दतमा ४१ रन बनाए भने लोकेशले २१ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३३ रन बनाए । ओपनर आसिफले ३४ रन बनाउन २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । शरद भेषावकर १० रनमा नटआउट रहे ।

पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । यूएईका चिराग सुरीले नटआउट ८४ र रोहन मुस्तफाले ४९ रन बनाए । नेपालका बलरहरु यूएईका ब्याट्स्म्यान सामु निरीह देखिएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले एक एक विकेट लिए । पहिलो खेलमा नेपालले हिजो यूएईले ६ विकेटले हराएको थियो । आईसीसी विश्वकप छनोट खेल्नुअघि नेपालले चार देशिय श्रृंखला खेलिरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *