युएईद्वारा नेपाललाई १९३ रनको लक्ष्य

काठमाडौैँ। चार देशीय टी ट्वेन्टी क्रिकेटमा युएईले नेपाललाई १९३ रनको लक्ष्य दिएको छ । ओमानमा पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो ।

नेपालका बलरले कसिलो बलिङ गर्न नसक्दा युएईले गतिलो योगफल तयार पारेको हो । नेपालका साहब आलम,  सन्दिप लामिछाने र आरिफ सेखले एक एक विकेट लिए ।

युएईका चिराग सुरीले नट आउट ८४ रन बनाए । उनले ५३ बलमा ५र५ चौका छक्क्का प्रहार गरे । पहिलो खेलमा नेपालले हिजो घरेलु टीम ओमानलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *