टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल 

काठमाडौँ। नेपालले चार देश सम्मिलित टी-२० सिरिजको दोस्रो खेलमा युएई विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कप्तान सन्दीप लामिछानेले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले शनिबार टोलीमा तीन परिवर्तन गरेको छ। जसमा लोकेश बम, स्पिनर साबह अलाम र जितेन्द्र मुखियाले आज मौका पाउँदा अभिनाश बोहरा, सागर ढकाल र प्रदीप ऐरीलाई बेन्चमा राखिएको छ।

लोकेशको डेब्यु 

नेपाली युवा ब्याट्सम्यान लोकेश बमले चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत युएईविरुद्धको खेलमा डेब्यु गरेका छन्। युएईसँगको खेलमा उनलाई अनुभवी ब्याट्सम्यान शरद भेषावकरले डेब्यू क्याप प्रदान गरेका थिए। लोकेश प्रधानमन्त्री कप टी-२० प्रतियोगितामा नेपाल पुलिस क्लबबाट प्रतिस्पर्धा गर्दै सनसनीपूर्ण इनिङ खेलेका थिए।

लोकेशले सेमिफाइनलमा आर्मी विरुद्ध नेपाली टी-२० इतिहासकै सर्वाधिक छिटो १४ बलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। उनले १८ बलमा २ चौका र ९ छक्कासहित ६६ रनको आक्रामक अविजित इनिङ खेल्दै राष्ट्रिय टीमको क्लोज क्याम्पमा आफूलाई सोझै छनोट गराएका थिए। उनले विष्फोटक ब्याटरको छवि बनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *