आईपीएल मेगा अक्सन : नेपालबाट कप्तान सन्दीप मात्र

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को २०२२ को संस्करणका लागि शनिबार र आइतबार मेघा अक्सन हुँदैछ । आजबाट शुरु हुने अक्सनमा १० फ्रेन्चाइजले ५ सय ९० खेलाडीबाट आफ्नो टीम छान्ने छन् ।

यसअघिनै १० टीमले ३३ खेलाडी रिटेन गरिसकेका छन् । अक्सनमा सबैभन्दा पहिला १० मार्की खेलाडीमा बोली लगाइने छ । मार्की खेलाडीको सूचिमा ४ भारतीय खेलाडी रहेका छन् । त्यस्तै ६ विदेशी खेलाडी रहेका छन् । मार्की खेलाडीमा शिखर धवन, मोहम्मद शामी, श्रेयस अय्यर, रविचन्द्रन आश्विन, फाफ डुप्लेसिस, डेभिड वार्नर, प्याट कमिन्स, क्विन्टन डिकक र ट्रेन्ट बोल्ट रहेका छन् ।

लिलामीमा ३७० भारतीय खेलाडी सहित १४ देशका २२० विदेशी खेलाडी रहेका छन् । विदेशी खेलाडीमा अस्ट्रेलियाका ४७ सहित वेस्टइन्डिजका ३४, दक्षिण अफ्रिकाका ३३, इंग्ल्यान्ड र न्युजिल्यान्डका २४-२४ खेलाडी हुँदा श्रीलंकाका २३ खेलाडी रहेका छन् । त्यस्तै अफगानिस्तानका १७ खेला८ रहँदा बंगलादेश, आयरल्यान्डका ५-५ नामिबियाका ३, स्कटल्यान्डका ३ र नेपाल, अमेरिका, जिम्बाब्वेका समान १-१ खेलाडी रहेका छन् ।

अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ । एक टोलीले ९० करोड खर्च गर्ने प्रावधान हुँदा केही रकम खेलाडी रिटेनका क्रममाक्लब हुरेल खर्च गरिसकेका छन् । एक टीमसँग बढीमा ८ मात्र विदेशी खेलाडी हुने भएकाले विदेशी खेलाडीमा स्वाभाविक रूपमा प्रतिस्पर्धा हुन्छ नै । तर यो पटक दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स (अहमदाबादले राखेको नयाँ नाम) र लखनऊ सुपर जायन्ट थपिएका छन् ।

सन्दीप छानिएलान् यो पटक ?
गत संस्करणमा नेपाली राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेले छनोट हुन सकेका थिएनन् । तर यो पटक मेघा अक्सन भएकाले छनोटको सम्भावना बलियो छ । उनले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ (६४ लाख) बेस प्राइस तोकेका छन् ।

एसोसिएट देशबाट ७ खेलाडी अक्सनमा रहँदा यसअघि पनि आइपिएल लगायत विदेशी फ्रेन्चाइजमा राम्रो प्रदर्शन गर्दै आएका लामिछाने आफ्नो कम बेस प्राइस र राम्रो प्रदर्शन गर्न सक्ने सम्भावनाका कारण छनोट हुन सक्ने सम्भावना बलियो छ ।

लामिछानेले २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहँदै ९ खेलमा १३ विकेट लिएका थिए । तर अघिल्लो संस्करणमा भने उनी बिक्न सकेका थिएनन् । एक टीमले ८ विदेशी खेलाडी राख्न पाउने भएकाले स्वाभाविक रूपमा प्रतिस्पर्धा हुन्छ तर यो पटक नेपालका एकमात्र खेलाडी सन्दीपको सम्भावना उच्च रहेको छ ।

कसले कति खर्च गर्दै छन् ?
अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ । एक टोलीले ९० करोड खर्च गर्ने प्रावधान हुँदा केही रकम खेलाडी रिटेनका क्रममा क्लब हुरेल खर्च गरिसकेका छन् । एक टीमसँग बढीमा ८ मात्र विदेशी खेलाडी हुने भएकाले विदेशी खेलाडीमा स्वाभाविक रूपमा प्रतिस्पर्धा हुन्छ नै । तर यो पटक दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स (अहमदाबादले राखेको नयाँ नाम) र लखनऊ सुपर जायन्ट थपिएका छन् ।

अक्सनमा खर्च गर्न पाउने सर्वाधिक रकम पन्जाब किंग्ससँग छ । दुई खेलाडी मात्र रिटेन गरेको पन्जाबसँग ७२ करोड भारु पर्समा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले ४८ करोड, दिल्ली क्यापिटल्सले ४७ करोड ५० लाख र कोलकता नाइट राइडर्ससँग ४८ करोड भारु अक्सनमा खर्च गर्न पाउने रकम छ । त्यस्तै लखनऊसँग ५९ करोड, मुम्बईसँग ४८ करोड, राजस्थानसँग ६२ करोड र बैंगलोरसँग ५७ करोड भारु अक्सनमा पर्समा रहेको छ। हैदराबादले ६८ करोड र गुजरात टाइटन्सले ५२ करोड खर्चिन पाउनेछन् ।

यो पनि : मेगा अक्सनअघि कुन टीमको पर्समा कति पैसा ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *