नेपालद्वारा ओमान छ विकेटले पराजित

काठमाडौँ । चार देशीय टी–ट्वेन्टी क्रिकेट शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले ओमानलाई ६ ले पराजित गरेको छ । १३६ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको जीतमा दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । उनी ७३ रनमा नटआउट रहे । आरिफ शेखले २५ र आशिफ शेखले १४ रन बनाए । शरद भेषावकर ४ रनमा नटआउट रहे ।
नेपालले खराब शुरुवात गर्दै २२ रन जोड्न २ विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा आशिफ शेख १४ रनमा आउट भए । लगत्तै अर्का ओपनर प्रदीप ऐरी ४ रनमा आउट भए । आशिफले ११ बलमा १४ रन बनाए भने प्रदीपले १४ बलमा मात्र ४ रन बनाए ।

तेस्रो विकेटका लागि नेपालका ज्ञानेन्द्र मल्ल र दिपेन्द्रले ४० रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भएपछि नेपालले ६२ रन जोड्दा ३ विकेट गुमाएको थियो । दिपेन्द्रले चाैथो विकेटका लागि आरिफसँग ४५ रनको साझेदारी गरे ।

ओमानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ्ग गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । नेपालका अविनाश बोहोराले ३ तथा कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानसँग खेलिरहेको हो । टी–ट्वेन्टी विश्वकप छनोट खेल्नुअघि चार देशीय श्र्रँखला भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *