नीजि उद्योगीद्वारा दुधको मूल्य लिटरमा १० रुपैयाँ बढाउने घोषणा

काठमाडौँ । निजी क्षेत्रका प्रशोधित दुध उत्पादकहरुले दुग्ध संस्थानले तोकेको दूधको नयाँ मूल्यमा असहमति जनाएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले सरकारले बढाएको मूल्य आफूहरुलाई अमान्य भएको जनाएका हुन् ।

सरकारको स्वीकृतिमा सरकारी स्वमित्वको संस्थान डीडीसीले वृद्धि गरेको दुधको मूल्य स्वीकार्न नसकिने डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

उनले किसानले डीडीसीलाई दुध बेच्न निरुत्साहित हुने गरी डीडीसीको भन्दा प्रतिलिटर २ रुपैयाँ बढी मूल्य दिने पनि बताए । उनले सरकारले बढाएको मूल्य व्यहारिक नभएको समेत बताए ।

आफूहरुले राखेको बिषयमा सरकार मौन रहेको भन्दै मूल्य वृद्धि गर्न बाध्य भएको उनको भनाइ छ ।

संस्थानले शुक्रबारबाट लागू हुने गरी प्रतिलिटर दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि गरेको छ । तर, निजी क्षेत्रका उद्योगीहरुले प्रतिलिटर दूधको मूल्य १० रुपैयाँ बढाउने बताएका हुन् ।

डीडीसीले बढाएको नयाँ मूल्य अनुसार निलो प्याकेटको दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ । तर, उद्योगीले त्यही गुणस्तरको दूधको मूल्य लिटरको ८६ रुपैयाँ पुर्याउने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *