‘आकासे खेती’ फागुन २७ मा रिलिज हुने

काठमाडौँ । नेपाल सरकारले सिनेमा हल फागुन १ गतेदेखि खोल्ने निर्णय गरेसँगै रिलिज हुन नपाएका चलचित्रहरुले आफ्नो रिलिज मिति घोषणा र प्रचार प्रसार तीव्र बनाएका छन् ।

यसैबस्च चलचित्र ‘आकासे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनि भएसँगै चलचित्र फागुन २७ गते रिलिज हुने मितिसमेत निर्माण पक्षले घाषणा गरेको छ । चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई, रजनी गुरुङ् बुद्धि तामाङ्, नीता ढुङ्गाना, रविन्द्र झा, जयनन्द लामा लगायतको अभिनय रहेको छ ।

चलचित्रको ट्रेलरमा भने मुख्य कलाकारहरु गौरव, विल्सन, बुद्धि, रविन्द्र झा लगायतलाई देखाइएको छ । ट्रेलर हाँसोदेखि लिएर बिना मिहिनेत पैसा कमाउने सपना बोकेका तिब्बतियन शरणार्थीहरुको कथावस्तुमा केन्द्रित भएको छ ।

फिल्मको लेखन र निर्देशन उदय सुब्बाले गरेका छन् । चलचित्रलाई केदार उप्रेती, जिवन सुब्बा, राजेन्द्र चोङबाङ, दिल प्रकाश यक्सोले निर्माण गरेका हुन् भने संवाद मुख्य कलाकार विल्सनको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *