सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औँ शाखा सल्ली बजारमा
२०७८ माघ २७ गते

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सल्यान सल्ली बजार, वनगाड कुपिण्डे नगरपालिका–१ मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो ।
सल्ली बजार शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ र आजको यस शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्दकुमार पुनले गरेका हुन् ।
२०७८ माघ २७ गते
प्रतिक्रिया









