ओमानमा अभ्यास गर्दै नेपाली टिम (तस्वीरहरू)

काठमाडाैँ । टी–२० विश्वकप क्रिकेट छनोट खेल तथा चारदेशीय शृंखला खेल्न ओमान पुगेको नेपाली टिमले ओमानको मस्कटमा अभ्यासमा थालेकाे छ ।

खेल शुरू हुनुभन्दा केहीअघि नै ओमान पुगेकाे नेपाली क्रिकेट टिमले अभ्यास शुरू गरेकाे हाे । २०१४ पछि टी–२० विश्वकप क्रिकेट खेल्ने लक्ष्य लिएको नेपाल ओमानको वातावरणमा घुलमिल हुनका लागि पहिला नै ओमान पुगेको हाे ।

मुख्य प्रशिक्षक दासानायकेले युवा तथा अनुभवी खेलाडी समेटेर टिम बनाएका छन् । यो टिमले विश्वकपसम्मको यात्रा गर्ने विश्वास उनको छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा पहिलोपटक खेल्दै छ ।

तस्वीरः क्यान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *