बजेट खर्चको अवस्था नाजुक

६ महिनामा श्रम मन्त्रालयको खर्च जम्मा ४ प्रतिशत, कुन मन्त्रालयकाे कति ?

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा बजेट खर्चको अवस्था असाध्यै नाजुक देखिएको छ । अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार मन्त्रालयगत बेजट खर्चको अवस्था नाजुक देखिएको हो ।

समीक्षा अनुसार सबैभन्दा कम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट खर्च जम्मा ४.५३ प्रतिशत भएको छ । यो मन्त्रालयका लागि ५ अर्ब ९७ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यस मध्ये २७ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

त्यस्तै, बजेट खर्च बढाउन जोड दिँदै आएको र अन्य मन्त्रालयहरुलाई समेत बजेट खर्च गर्न निर्देशन दिँदै र ताकेता गर्दै आएको अर्थ मन्त्रालयले नै जम्मा २०.३४ प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सकेको छैन । अर्थ मन्त्रालयका लागि चालू वर्षमा ३८ अर्ब ४ करोड ६६ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये ७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ मात्रै खर्च भएको हो ।

चालू आवमा सबैभन्दा बढी बजेट खर्च रक्षा मन्त्रालयले गरेको छ । उक्त मन्त्रालयका लागि ५१ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको थियो । यस मध्ये २४ अर्ब ६९ करोड २९ लाख रुपैयाँ अर्थात् ४७.९१ प्रतिशत बजेट यो मन्त्रालयले खर्च गरेको छ ।

सबै मन्त्रालयलाई निर्देशन गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकै बजेट खर्चको अवस्था नाजुक छ । यो मन्त्रालयले जम्मा ३८.२७ प्रतिशत बजेट खर्च गर्न भ्याएको छ । यस मन्त्रालयका लागि ४ अर्ब ८ करोड ९७ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये १ अर्ब ५६ करोड ५१ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० अर्ब ७३ करोड ९६ लाख रुपैयाँ विनियोजन भएको मध्ये २ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ अर्थात् २१.५४ प्रतिशत खर्च गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कुल बजेट ४२ अर्ब १४ करोड ४९ लाख रुपैयाँ मध्ये ७ अर्ब ४७ लाख रुपैयाँ अर्थात् १६.६२ प्रतिशत खर्च गरेको छ ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले कुल बजेट ४८ करोड ७३ लाख रुपैयाँ मध्ये १३ करोड १९ लाख रुपैयाँ अर्थात् २७.०८ प्रतिशत खर्च गरेको छ ।

कृषि तथा पशपन्छी विकास मन्त्रालयले कुल बजेट ३६ अर्ब २६ करोड ६४ लाख रुपैयाँ मध्ये ८ अर्ब ९७ करोड ३० लाख रुपैयाँ अर्थात् २४.७४ प्रतिशत खर्च गरेको छ ।

खानेपानी मन्त्रालयले २३ अर्ब ९२ करोड २२ लाख रुपैयाँ मध्ये ३ अर्ब ६ करोड ५२ लाख रुपैयाँ अर्थात् १२.८१ प्रतिशत खर्च गरेको छ ।

गृह मन्त्रालयले १ खर्ब ६४ अर्ब ५० करोड १५ लाख रुपैयाँ मध्ये ६८ अर्ब २ करोड १६ लाख रुपैयाँ अर्थात् ४१.३५ प्रतिशत खर्च गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ५ अर्ब ९४ करोड २५ लाख रुपैयाँ मध्ये १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ अर्थात् २७.५८ प्रतिशत खर्च गरेको छ ।

परराष्ट्र मन्त्रालयले ६ अर्ब ७९ करोड ९९ लाख रुपैयाँ मध्ये २ अर्ब ९० करोड ६६ लाख रुपैयाँ अर्थात् ४२.७४ प्रतिशत खर्च गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले १२ अर्ब २ करोड ८० लाख रुपैयाँ मध्ये ३ अर्ब २३ करोड ९८ लाख अर्थात् २६.९४ प्रतिशत खर्च गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७ अर्ब ७ करोड ५४ लाख रुपैयाँ मध्ये २ अर्ब १५ करोड ९६ लाख रुपैयाँ अर्थात् ३०.५२ प्रतिशत खर्च गरेको छ ।

विकासे मन्त्रालय भनेर चिनिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ५६ अर्ब २२ करोड ८४ लाख मध्ये २६ अर्ब ७१ करोड १८ लाख रुपैयाँ अर्थात् १७.१० प्रतिशत खर्च गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ८५ करोड ७७ लाख रुपैयाँ मध्ये १७ करोड ५३ लाख रुपैयाँ अर्थात् २०.४४ प्रतिशत खर्च गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले २ अर्ब १३ करोड ५१ लाख रुपैयाँमध्ये ३८ करोड ८२ लाख रुपैयाँ अर्थात् १८.१८ प्रतिशत खर्च गरेको छ ।

विकासे मन्त्रालय शहरी विकास मन्त्रालयले ३० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ मध्ये ५ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ अर्थात् १८.७२ प्रतिशत खर्च गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ५८ अर्ब २६ करोड ७७ लाख मध्ये २० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ अर्थात् ३५.१४ प्रतिशत खर्च गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ७ अर्ब १८ करोड ९८ लाख मध्ये २ अर्ब २३ करोड ४६ लाख अर्थात् ३१.०८ प्रतिशत खर्च गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ अर्ब ९५ करोड ६८ लाख मध्ये २ अर्ब ३० करोड २४ लाख रुपैयाँ अर्थात् १२.१५ प्रतिशत खर्च गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खर्ब ९७ करोड ४८ लाख रुपैयाँ विनियोजन गरेकोमा १८ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ अर्थात् १८.५९ प्रतिशत भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३७ अर्ब २२ करोड ५५ लाख मध्ये ५ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ अर्थात् १५.२७ प्रतिशत खर्च गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *