क्रिप्टोकरेन्सीमा लगानी बढ्दा ‘क्यापिटल फ्लाइट’ भयो : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनादर्न शर्माले क्रिप्टोकरेन्सी जस्ता विद्युतीय (डिजिटल) मुद्राले ‘क्यापिटल फ्लाइट’ (पुँजी पलायन) भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अर्थमन्त्रालयमा बिहीबार आयोजित चालू बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री शर्माले यसतो चिन्ता व्यक्त गरेका हुन् । यस्ता क्यापिटल फ्लाइटले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या निम्त्याउन थालेकोले यसलाई रोक्नु पर्ने मन्त्री शर्माले बताए ।

‘क्रिप्टोकरेन्सी, हाइपरफण्ड लगायतमा भएको लगानीले पूँजी पलायन भइरहेको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्ने पहल थालेका छौँ ।’

नेपालमा क्रिप्टोकरेन्सी र हाइपर फण्डजस्ता विद्युतीय मुद्रामा लगानी गर्न नपाइने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले नै त्यस्तो मुद्रा नेपालमा अवैध रहेकोले लगानी नगर्न आग्रह गर्दै आएको छ । तर, कतिपय लगानीकर्ताले त्यस्ता विद्युतीय मुद्रामा लगानी बढाउँदै जाँदे देशमा पूँजी पलायनको समस्या देखिन थालेको भन्दै अर्थमन्त्री चिन्तित देखिएका छन् ।

केन्द्रीय बैंकले केन्द्रीय डिजिटल करेन्सीको व्यवस्था गर्न अध्ययन अघि बढाएको समेत बताउँदै आएको छ । अर्थमन्त्री शर्माले त्यस्ता विद्युतीय मुद्रामा भइरहेको लगानीको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *