बजेटको अर्धवार्षिक समीक्षा

बजेटको आकार साढे ८६ अर्बले घट्यो, १५ खर्ब ४६ अर्ब मात्र खर्च हुने

काठमाडौँ । अर्थमन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट संशोधन गर्दै मन्त्रालयले बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले कटौती गरेको हो ।

बजेट समीक्षामार्फत चालु बजेट १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै खर्च हुने जनाएको छ । मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको बजेट संशोधन गर्दै आफू अर्थमन्त्री भएपछि १६ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेका थिए ।

अर्थमन्त्री शर्माले बिहीबार मन्त्रालयमा आयोजना गरिएको बजेट समीक्षा कार्यक्रममा चालु खर्चचर्फ १० खर्ब ३५ अर्ब, पूँजीगत खर्चतर्फ ३ खर्ब ९० अर्ब र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७० अर्ब रुपैयाँ खर्च हुने बताए ।

उनले बजेट निर्माणको तरिका नबदलेसम्म पुँजीगत खर्च बढाउन नसकिने समेत बताए ।

बजेट प्रतिस्थापन विधेयकमार्फत बजेट संशोधन गराएका अर्थमन्त्री शर्माले चालु वर्षको पहिलो त्रैमासमा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले पूँजीगत खर्च बढाउने बताउँदै आएका थिए ।

उनले पूँजीगत खर्च बढाउन अघिल्लो वर्षदेखि बजेट ल्याउनुभन्दा पहिले नै प्रभावकारी मापदण्ड बनाउनु पर्ने बताए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले ल्याउने आयोजनाबारे पनि स्पष्ट पार्ने गरी मापदण्ड बनाउनु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *