सेयर बजारमा ११ अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा ओलिएएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत १.७० अंकले ओरालो लागेको छ ।

यस दिन यस दिन ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा अएका २२७ कम्पनी मध्ये १४४ कम्पनीको सेयर मूल्य घटेको छ । ३९ कम्पनीको सेयर मूल्य मात्र बढेको छ ।

यस दिन सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसन, सिन्धु विकास बैंक, एनटीसी, आईसीएफसी लगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *