मधेशवादी पार्टीहरू विदेशीले बनाइदिएका हुन् : प्रचण्ड (भिडिओ)

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको बताएका छन् ।

बिहीवार रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला लगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेशवादी दलहरूलाई यस्ताे आरोप लगाएका हुन् ।

उनले माओवादीलाई मधेसमा स्थापित हुन नदिन शान्ति प्रक्रिया लगत्तै ठूल–ठूला हत्याकाण्ड मच्चाइएको बताउँदै विदेशीले षडयन्त्रतापूर्वक मदेशवादी दलहरू जन्माएकाे बताएका हुन् ।

‘मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो भनेर लहर चल्दै थियो । त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भए । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पनि मधेस माओवादी भयो भने नेपाल नै माओवादी भयो भन्ने लागेर केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो’, प्रचण्डले भने, ‘त्यही क्रममा मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिए । अर्कैको डिजाइनमा बनेकाहरू मधेसका मसिहा भनिए ।’

उनले रुपन्देही र कपिलवस्तुमा त्यस्ता हत्याकाण्ड मच्चाइएको र तिनै हत्याकाण्डकाे आडमा मधेसवादी पार्टीहरू अस्तित्वमा आएकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *