अन्तर्वार्ता लिन माग गर्दै लोकसेवा आयोगमा नासु उम्मेदवारको धर्ना

काठमाडौँ । अन्तर्वार्ताको माग गर्दै नासुका उम्मेदवारहरूले लोकसेवा आयोगको कार्यालयमा धर्ना दिएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण भएर बसेका नायब सुब्बाका उम्मेदवारहरूले लोकसेवा आयोगमा धर्ना दिएका हुन् ।

उनीहरूले अन्तर्वार्ताको माग गर्दैबिहीबार कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिएका हुन् ।

गत भदौमा लिखित परीक्षाको ततिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् । अदालतमा मुद्दा परेपछि नासुको अन्तर्वार्ता रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *