मिडिया हाउसहरू अगाडि बेवारिसे गाडी, छानबिन गर्दै प्रहरी

काठमाडौँ । राजधानीको तीन वटा मिडिया हाउसको कार्यालय अगाडि शंकास्पद अवस्थामा पार्किङ गरिएको तिन वटा कारबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

आज बिहानदेखि अनलाइन खबर, हिमालयन टिभी र कान्तिपुरको कार्यालय परिसरको प्रवेशद्वार नजिकै निजी नम्बर प्लेटको कार बेवारिसे अवस्थामा राखिएको देखिएपछि स्थानीयवासी तथा सञ्चारकर्मीले प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा सतर्कता अपनाउँदै गाडीको जाँच तथा विवरण संकलन गरेको थियो । प्रहरीका अनुसार गाडीको स्वामित्व पहिचान गर्ने तथा उक्त सवारीसाधन त्यहाँ किन र कसले छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

सुरक्षा निकायले गाडीभित्र कुनै शंकास्पद वा आपत्तिजनक वस्तु रहेको–नरहेको विषयमा समेत आवश्यक परीक्षण र निरीक्षण अघि बढाएको जनाएको छ ।
घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कुनै अप्रिय वा आपराधिक गतिविधिसँग सम्बन्धित तथ्य फेला नपरेको भए पनि प्रहरीले सबै पक्षलाई ध्यानमा राख्दै सावधानीपूर्वक अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =