राष्ट्र बैंकद्वारा थप ४७ किसिमका वस्तु अयातमा कडाइ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गरेको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो ।

ती वस्तुका अयातका लागि एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । केन्द्रीय बैंकले टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि २० वटा समूहको ३ सयभन्दा बढी समूहको वस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको गरिसकेको छ ।

पछिल्लो समय आयात बढेपछि विदेशी विनिमय सञ्चिति निरन्तर घट्दै गएको छ जसले गर्दा केन्द्रीय बैंकले पछिल्लो समय आयातमा कडाई गर्ने नीति लिएको छ।

बैंकहरुले आयात गर्ने सुन, उद्योगीले आफ्नै प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थ, औषधिजन्य वस्तु लगायतमा भने यो व्यवस्था लागु नहुने व्यवस्था गरिएकाे छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *